अफगानिस्तानमा एअरएम्बुलेन्स दुर्घटना: दुईजना बेपत्ता
चार जनाको जीवितै उद्धार
काठमाडाैं | माघ ८, २०८०
थाइल्यान्डबाट रसियाको मस्को जाँदै गरेको एअरएम्बुलेन्स अफगानिस्तानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
एअर एम्बुलेन्समा रहेका ६ जनामध्ये चार जनाको जीवितै उद्धार भएको छ भने दुईजना बेपत्ता भएका छन्।
बेपत्ता भएकाहरुको बारेमा जानकारी सङ्कलन भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था पीटीआईलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
अधिकारीका अनुसार यो विमान इन्धनका लागि भारतको गया एअरपोर्टमा रोकिएकाले शुरुमा यो भारतीय विमान भएको खबर आए पनि भारतको नागरिक उड्डयन विभागले त्यसको खण्डन गरेको थियो ।
गया विमानस्थलबाट इन्धन भरेपछि अस्ति शनिवार विमान उडेको थियो ।
यसअघि रुसी नागरिक उड्डयन अधिकारीहरूले विमान चालक दलका चार सदस्य र दुई यात्रुसहित एअर एम्बुलेन्स बेपत्ता भएको बताएका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

